यी हुन् रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित घर फर्किनेहरू (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठसहित दजनौँ नेता कार्यकर्ता एमाले फर्किँदै छन्। राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गर्न लागेका हुन्।

अहिले कार्यक्रम जारी छ। आज ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ मात्रै हुने कार्यालय सचिव डा। भीष्म अधिकारीले बताए।

उनले भने, ‘यो अभियानको घोषणा मात्र हो, विभिन्न जिल्लामा जिल्ला स्तरका घर फर्क अभियान अब निरन्तर चल्छ।’

अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए। नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसहित दलहरूसँग एकता गर्ने निर्णय गरेपछि झाँक्रीसहितका नेताहरू घर फर्किएका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *