चलचित्रकर्मीलाई सञ्चारमन्त्रीले भने : अब ५ महिनामा मैले के के गर्नुपर्छ लेखेर ल्याउनुस्

काठमाडौं । सोमबार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्रसम्बन्धी नीतिगत सुधारका लागि सरकारले कार्यप्रारम्भ गरेको बताएका छन् ।

चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको बताउदै मन्त्री खरेलले यस्तो बताएका हुन् । उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्याउन चलचित्र विकास बोर्डलाई आग्रह गरेको र चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरू चिर्न सरकार लागिपरेको समेत बताएका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री खरेलले भने,‘देश र जनताको हितमा, नेपाली चलचित्र क्षेत्रको विकासका लागि, अब बाकी रहेको मेरो ५ महिना अवधिमा, मैले के गर्नुपर्छ, मलाई स्पष्ट रूपमा लेखेर ल्याउनुस्, म गर्छु । मैले अस्ति पनि भनेको थिए र अहिले पनि भन्छु। चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारको लागि हामीले हिजोदेखि नै कार्यप्रारम्भ गरेका छौँ ।’

त्यस्तै, समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरूलाई राज्यले हेर्नुपर्ने उनको भनाई छ।

कार्यक्रममा बोल्दै खरेलले नेपाली समाजको रूपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका भुल्न नहुने बताउँदै, चलचित्र क्षेत्रलाई थप प्रभावकारी बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा उनले जोड दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *