राप्रपामा मेलमिलाप प्रयासः महामन्त्री राणाले स्थगन गरे गुट भेला

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र जारी अन्तरद्वन्द्व समाधानका लागि सकारात्मक पहल अघि बढेको छ । हिजो अध्यक्ष राजेन्द्र लिङदेनले दुई पूर्वअध्यक्षहरूसँग छलफल गरेपश्चात दुवैपक्षबीच मेलमिलापको वातावरण बनेको हो ।

हिजोको बैठकमा भएको समझदारी अनुसार महामन्त्री डा. धवलशम्शेर राणाले गुट भेला स्थगित गरेका छन् । नले आउँदो कात्तिक २६ गते संस्थापन इतर पक्षका केन्द्रीय सदस्यहरुलाई काठमाडौंमा छलफलका लागि बोलाएका थिए । पार्टीको केन्द्रीय समिति वैठक एक महिना पछि धकेलिएपछि आफ्नो कार्यक्रम पनि हाललाई स्थगन भएको जानकारी राणाले सामाजिक सञ्जालबाट दिएका छन् ।

‘आवश्यकता अनुसार खबर गर्नेछु, सम्पर्कमा रहने छु,’ उनले भनेका छन् ।

हिजोको बैठकमा दुवै पक्षले गुट भेला नबोलाउने र आपसी संवादमा रहने समझदारी जुटेको थियो । त्यसै अनुरूप कात्तिक २७ र २८ गतेका लागि डाकिएको केन्द्रीय समिति वैठक मंसिर २४ र २५ गतेका लागि सारिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वेच्छाचारिता प्रदर्शन गरेको भन्दै डा. राणा नेतृत्वको समूहले अन्तरसंघर्ष गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *