नेपाल ट्रष्टको जमिन लिज प्रकरण– पूर्वसहसचिव कार्कीको ८ दिन म्याद थप

काठमाडौं । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जमिनको लिज प्रकरणमा पक्राउ परेका पूर्वसहसचिव लेखबहादुर कार्कीमाथि अनुसन्धान गर्न ८ दिन म्याद थप भएको छ ।

जिल्ला अदालत, काठमाडौंमा पेश भएका कार्कीलाई थप ८ दिन प्रहरी हिरसातमा राखी उक्त प्रकरणमाथि अनुसन्धान गर्न प्राप्त भएको सिआईबी प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताए ।

नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिनेलिने करारमाथि ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कार्कीविरुद्ध मुद्दा चलाइएको हो ।

चितवन जिल्लाको साविक श्रीपुर २, हाल भरतपुर महानगरपालिका– १५ बस्ने ६६ वर्षीया कार्की शनिबार पक्राउ परेका थिए । उक्त प्रकरणमा पक्राउ गर्नुपर्ने अन्य व्यक्तिको पनि पहिचान भइसकेको सिआइबीले स्रोतले जनाएको छ । थामसेर्कु ट्रेकिङ यति समूहअन्तर्गतको हो ।

दरबारमार्गको कित्ता नं। ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नं। ४६०५ समेत थप गरी लिजमा दिने र लिने विषयमा ट्रष्ट सञ्चालक समितिको निर्णय र आधारबिना वद्नियतपूर्वक लिजमा दिइएको सीआईबीले जनाएको छ । नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४।०२।१४ गते करार सम्झौता भएको सीआईबीको दावी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *