
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र विद्रोहपश्चात सत्ताच्यूत भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा ताजा अन्तरवार्ता हेरियो । त्यसमा उनले अरु थुप्रै कुतर्कहरूका साथमा सुरक्षा निकायको असहयोगले गर्दा आफूले सत्ता गुमाउनुपरेको भन्दै चित्त दुखाएका छन् ।
त्यसो त जेन-जी विद्रोहपश्चात ओलीका अभिव्यक्तिहरूमा आफ्ना गल्ती-कमजोरीको थोरै मात्र पनि स्वीकारोक्ति पाइँदैन । पछिल्ला दिनमा त उनको घमन्डको पारो तल झर्नुको साटो झन् झन् माथि उक्लिइरहेको आभास हुन्छ । ओलीको यो शैलीले राजनीतिक रूपमा उनको दल नेकपा एमालेलाई कति नोक्सानी पुर्याउने हो यसै भन्न सकिने अवस्था छैन ।
पछिल्लो अन्तरवार्तामा ओलीले जेन-जी आन्दोलनमा ज्यान जोगाएर भाग्न आफूलाई सघाएको नेपाली सेनामाथि समेत गम्भीर आरोपहरूू लगाएका छन् । सिंहदरबार जल्नुमा सेनालाई दोष थोपर्दै उनले भनेका छन्, ‘सिंहदरबारभित्र ११०० भन्दा बढी सैनिक छन्, उनीहरूले जेन-जी भाइबहिनीलाई सम्झाइबुझाइ गरेर पठाएको भए सिंहदरबार जल्ने नै थिएन ।’
ओलीको यो दाबीबारे यस पंतिकारले अलिकति तथ्य अन्वेषणको प्रयास गरेको छ । गत भदौ २३ गते दिउँसो करिब १ बजेदेखि २ बजेभित्रको अवधिमा बानेश्वरमा जेन–जी प्रदर्शनका क्रममा गोली चल्यो । कतिपय स्कुल युनिफर्ममा आएका विद्यार्थीसमेत गोली खाएर ढले । तेस्रो क्याटेगोरीको मेटल बुलेट कलिला विद्यार्थीको टाउको र छातीमा हानिएको थियो । त्यसै साँझ गृहमन्त्री रमेश लेखकले जिम्मेवारी बोध गर्दै नैतिकताका आधारमा राजीनामा दिए । तर, प्रधानमन्त्रीको राजीनामा आएन । बरु अपराह्न उनी मन्त्रीपरिषद्को बैठक डाकेर आन्दोलनमा घुसपैठ भएको भन्दै आफ्नो कमजोरी ढाकछोप गर्नतिर लागे ।
ओलीले आज आएर देशको रक्षक एवम् संयुक्त राष्ट्रसंघ शान्ति मिसनमा नेतृत्वदायी भूमिकामा रही विश्व शान्तिमा योगदान पुर्याएको नेपाली सेनालाई लाञ्छित गर्ने कुचेष्टा गरिरहेका छन् । ओलीको कुर्सी जोगाउन सेनाले नेपाली जनतामाथि गोली वर्षाइदिनुपर्ने ?
भदौ २३ गते रातिसम्म पनि आम जनताले ओलीको राजीनामा आउने आशा र अनुमान गरेर बसेका थिए । तर, राति अबेर तत्कालीन सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले रुखो शैलीमा प्रधानमन्त्रीले राजीनामा नदिने हुङ्कार गरे । फलस्वरूप भदौ २४ गते बिहानैदेखि युवाहरू आक्रामक बन्दै सडकमा निस्किए । देशैभरका सरकारी कार्यालय र नेताका घरहरूमा तोडफोड, लुटपाट र आगजनी हुन थाल्यो । बानेश्वरको संसद् भवन आन्दोलनकारीले जलाएर ध्वस्त पारे । भैँसेपाटीको मन्त्री निवासमा रहेका मन्त्रीहरूलाई हेलिकप्टरबाट भगाइयो । बालकोटको ओली निवास र बूढानीलकण्ठको देउवा निवास खरानी भयो । हुँदा हुँदा सिंहदरबार र सर्वोच्च अदालत समेत सुरक्षित रहेनन् ।
यसरी सिंगो देश जलिरहँदा पनि केपी ओलीको मन जलेन ! २४ गते बिहान ११ बजेसम्म पनि ओली राजीनामा दिन मानिरहेका थिएनन् । सेनाले नै उनलाई राजीनामाका लागि दबाब दिनुपरेको थियो । अन्ततः आफ्नै ज्यान सुरक्षित नभएको महसुस गरेपछि ओलीले बाध्यात्मकरूपमा राजीनामा धस्काएर सेनामा शरणागत हुन बाध्य भए । राजीनामा दिएपश्चात् उनी कामचलाउ प्रधानमन्त्रीमा परिणत भए र केही दिन गुमनाम पनि बने ।
त्यस बेला के ठानिएको थियो भने अब फेरि ओली मूलधारको राजनीतिक परिदृश्यमा सम्भवतः देखिने छैनन् । कम्तीमा उनले सक्रिय राजनीति गर्ने छैनन् र पार्टीको नेतृत्व परित्याग गर्ने छन् । उनको घमण्ड र अहंकार सदाका लागि तोडियो होला । तर, यो त सबै भ्रम रहेछ । जब सेनाले स्थिति नियन्त्रणमा लिएर देशलाई सामान्य अवस्थामा फर्कायो, ओली पनि पुरानै अहंकार र गर्जनसहित फर्किए । उनमा दुख, चिन्ता र आत्मग्लानि भावना क्लेस मात्र पनि भेटिएन छैन ।
जुन सेनाले उनलाई आफ्नो संरक्षणमा राखेर ज्यान जोगाइदियो, जुन सेनाले अत्यन्त संवेदनशील स्थितिमा देशको सुरक्षा व्यवस्था नियन्त्रणमा लियो, जुन सेनाले सरकारविहीनताको अवस्थाबाट निकालेर देशलाई अन्तरिम सरकार दियो, त्यसैलाई अहिले लाञ्छित गर्न पछि परिरहेका छैनन् ओली । उनी आफ्नो बहिर्गमनमा सेनालाई प्रमुख कारक तत्त्व मानिरहेका छन् । यथार्थ चाहिँ के हो भने यदि सेनाले पनि लत्तो छाडेको भए, देशको अस्तित्व नै संकटमा पर्ने स्थिति थियो । विदेशी हस्तक्षेपको खतरा टड्कारो थियो । यो खतरा टारेकोमा सेनालाई जस दिनुको साटो आरोपित गर्ने ओलीको अभिव्यक्ति आफैँमा विस्मयकारी छ । हिजो ज्यान जोगाउन सेनाको हेलिकप्टर चढेर भाग्ने ओली आज त्यही सेनाविरुद्ध कसरी बरबराउन सकिरहेका हुन् ? आश्चर्य लाग्छ ।
बरु ‘राजा’ ज्ञानेन्द्र जुन दिन जनताले चाहन्छन् त्यही दिन फर्किन्छु भनेर आनन्दसँग बसेका छन् । तर, ओलीलाई त सत्ताबाट हटेदेखि नै छट्पटी र बेचैनीले घेरिसकेको छ । पानीबिनाको माछाजस्ता भएका छन् । सिनोमाथि हरियो झिंगो टाँसिएजस्तो सधैँ कुर्सीमा नै टाँसिइरहनुपर्ने कस्तो सत्तामोह हो यो ? कस्तो अधिनायकवादी सोच हो ?
जेन–जी आन्दोलनपछि नेपाली राजनीतिमा ओलीको सम्पूर्ण उपादेयता सकिएको छ भन्दा अतिशयोक्ति हुने छैन । केही आसेपासे र ‘झोले’ बाहेक कसैलाई ओली चाहिएको छैन । जेन–जी पुस्ता उनीसँग रुष्ट मात्र होइन, हैरान नै बनेको छ । ओलीको स्वेच्छाचारिता, घमण्ड, विवेकहीनता र निर्लज्जताको सती जान एमालेकै ठूलो पंति पनि तयार छैन । यो तथ्यलाई ओलीले जति चाँडो मनन गरे, त्यति राम्रो ।
भदौ २४ मा जेजस्ता वितण्डाहरू भए, ती भर्त्सनायोग्य छन् । तर, भदौ २३ ले नै भदौ २४ निम्त्याएको हो भन्ने बिर्सिनु हुँदैन । जेन–जी विद्रोहउपर सरकारले नृशंस दमन गरेकाले नै भोलिपल्ट आक्रोशको विस्फोट भएको हो । यदि ओलीले भदौ २३ मा नै जेन–जी भाइ–बहिनीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएको भए भदौ २४ को दुर्घटना टर्न सक्थ्यो । तर ओली यो मान्न तयारै छैनन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबार छोडेर जाँदा देशवासीलाई सम्बोधन गर्दै ‘जनताको नासो नेपाली जनतालाई नै फिर्ता गरेको’ भनी श्रीपेच र राजदण्डसमेत जिम्मा लगाएर राजगद्दी त्यागे । जबकि उनी त नेपाली सेनाका परमाधिपति थिए । आफ्नो सिंहासन जोगाउनका लागि सेनालाई प्रयोग गर्न खोजेको भए सक्थे, तर ठूलो रक्तपात निम्तिने थियो । उनले त्यो मूर्खता गरेनन् । सडकको आवाज सुन्दै सरक्क दलहरूलाई बाटो खाली गरिदिए । बाहिरिँदै गर्दा पनि सेनालाई कुनै दोष लगाएनन् । ‘सेनाले असहयोग गरेकाले आफू बाहिरिनुपरेको’ भनेर गुनासो गरेनन् ।
राजा ज्ञानेन्द्रले जस्तो त्याग र विनम्रता ओलीले देखाउन सकेनन् नै । बरु ठिक उल्टो बाटो रोजे । दम्भ र अहंकारको अर्को शृङ्खला प्रदर्शन गर्न थाले । आफ्ना अरौटे-भरौटेहरुलाई परिचालित गर्दै षडयन्त्रको खेतीमा लागे । आन्दोलनको म्यान्डेटअनुसार बनेको सरकारलाई जसरी पनि असफल बनाउने र घोषित निर्वाचन हुन नदिने एकसूत्रीय मिसनमा छन् उनी । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिने र फेरि सत्तामा फर्किने दाउसमेत हेरिरहेका छन् ।
बरु ‘राजा’ ज्ञानेन्द्र जुन दिन जनताले चाहन्छन् त्यही दिन फर्किन्छु भनेर आनन्दसँग बसेका छन् । तर, ओलीलाई त सत्ताबाट हटेदेखि नै छट्पटी र बेचैनीले घेरिसकेको छ । पानीबिनाको माछाजस्ता भएका छन् । सिनोमाथि हरियो झिंगो टाँसिएजस्तो सधैँ कुर्सीमा नै टाँसिइरहनुपर्ने कस्तो सत्तामोह हो यो ? कस्तो अधिनायकवादी सोच हो ?
मुलुकमा यस्तो अवस्था आउनुमा मूख्यरूपले प्रमुख राजनीतिक दल तथा तीनका नेता र ‘झोले’ कार्यकर्ता नै जिम्मेवार छन् । जेन–जी पुस्ताले भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्दा उठाएका थिए । वर्षाैंदेखि दलहरूको कुशासनले गर्दा देशमा बस्ने वातावरण नै नभएपछि यो पुस्ता पहिलो पटक सडकमा निस्किन बाध्य भएको हो । उनीहरूका जायज मागलाई समयमै सम्बोधन गरेको भए सायद भदौ २३ र २४ को आन्दोलन नै हुने थिए ।
यसरी सिंगो देश जलिरहँदा पनि केपी ओलीको मन जलेन ! २४ गते बिहान ११ बजेसम्म पनि ओली राजीनामा दिन मानिरहेका थिएनन् । सेनाले नै उनलाई राजीनामाका लागि दबाब दिनुपरेको थियो । अन्ततः आफ्नै ज्यान सुरक्षित नभएको महसुस गरेपछि ओलीले बाध्यात्मकरूपमा राजीनामा धस्काएर सेनामा शरणागत हुन बाध्य भए । राजीनामा दिएपश्चात् उनी कामचलाउ प्रधानमन्त्रीमा परिणत भए र केही दिन गुमनाम पनि बने ।
प्रचण्ड नेतृत्वको सरकार ढालेर ओली नेतृत्वको सरकार गठन गर्नु पूर्व कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो । सहमतिको पहिलो बुँदामा संविधानको धारा ७६(२) बमोजिम सर्वदलीय सरकार गठन तथा दोस्रो बुँदामा संविधान संशोधनको विषय प्रमुख रूपमा रहेको थियो । तर, सरकार गठन भएको १४ महिना बितिसक्दा पनि संयुक्त सरकारले सात बुँदे सहमति अनुरूप कुनै पनि कार्य गरेन । बरु विगतमा आफूहरूले गरेका भ्रष्टाचार काण्डहरूको ढाकछोप तथा कालो धनको व्यवस्थापन र आफ्ना विरोधीहरूलाई तह लगाउनमा नै समय र ऊर्जा खपत गर्यो । रवि लामिछाने, बालेन साह, कुलमान घिसिङ लगायत जनतामा लोकप्रिय व्यक्तिहरूको उछितो काट्दैमा ओलीको समय सकियो !
मुलुकमा व्याप्त अस्थिरताको अन्त्य गर्न संविधान संशोधनको माग राखेको जेन-जी युवाको टाउको र छातीमा मेटल बुलेट किन ? ओलीसँग यो प्रश्नको जवाफ छ कि नाई ? नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिको दोस्रो बुँदामै उल्लेखित संविधान संशोधनको माग राखेर जेन-जी पुस्ताले के अपराध गरे ? ओली र देउवाले गर्छु भनेर पनि गर्न नसकेको काम हामी गर्छौँ भन्दा जेन–जीमाथि किन दमन भयो ? ओलीले यसको जवाफ दिनु पर्दैन ?
ओलीले आज आएर देशको रक्षक एवम् संयुक्त राष्ट्रसंघ शान्ति मिसनमा नेतृत्वदायी भूमिकामा रही विश्व शान्तिमा योगदान पुर्याएको नेपाली सेनालाई लाञ्छित गर्ने कुचेष्टा गरिरहेका छन् । ओलीको कुर्सी जोगाउन सेनाले नेपाली जनतामाथि गोली वर्षाइदिनुपर्ने ? नेपाली सेनाप्रति ओलीको वक्रदृष्टिभित्र ठूलो षड्यन्त्र लुकेको प्रतीत हुन्छ । सेनालाई कमजोर बनाएर देशमा अराजकता र भाँडभैलो मच्चाउने कुटिल चाललाई सफल हुन दिनु हुँदैन ।

Leave a Reply