पुनर्स्थापना केन्द्रमा बाँधेर कुटपिट गरी राईको हत्या

विराटनगर । सुनसरीको धरानस्थित पुनर्स्थापना केन्द्रमा बस्दै आएका युवकको हत्या भएको छ ।

धरान नगरपालिका, मङ्गलबारेमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा बस्दै आएका खड्गबहादुर राईको हत्या भएको हो । लागुऔषध प्रयोगकर्ताा रूपमा रहेका राई पुनर्स्थापना केन्द्रमा उपचाररत थिए । पुनर्स्थापना केन्द्रमा उपचारत राईलाई सञ्चालकसहितले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

रुाई तेह्रथुम, मेन्छ्यायेम गाउँपालिका–६ का हुन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषण राईका अनुसार, पुनर्स्थापना केन्द्रको सिसीटिभी क्यामेरा फुटेजमा मृतक राईलाई पाता कसेर, कम्मरमा कम्ब्याट र डोरीले हातखुट्टा चल्न नसक्ने गरी बाँधेर लडाएको देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *