सुधन गुरुङको नागरिकता नक्कली भएको युवा संघको आशंका, छानबिन गर्न सरकारलाई अल्टिमेटम

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको पदाधिकारी बैठक बसेको छ। स्थायी कमिटी सदस्य भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण र आगामी योजनाबारे निर्णय गरेको सङ्गठनका प्रवक्ता निरोज पौडेलले बताए।

युवा संघले हामी नेपालका संयोजक सुधन गुरुङको नागरिकता नक्कली भएको आशंका गरेको छ।

प्रवक्ता पौडेलले भने, ‘सुधन गुरुङको नागरिकता सक्कली हो कि नक्कली होरु यसको छानबिन गरेर सरकारले १ हप्तामा सार्वजनिक गरोस्। हामीले अल्टिमेटम दिएको छौँ। यदि सरकारले गरेन भने युवासंघले खोजेर प्रहरीमा जिम्मा लगाएर कानुनी प्रक्रियामा ल्याउनेछ।’

जेनजी आन्दोलनले क्षति पुर्‍याएको पार्टी अध्यक्ष केपी शर्मा ओलीको घर नयाँ निर्माण गरी तेह्रथुम आठराईबाट पुनः निर्माणको अभियान सुरुआत गर्ने पनि बैठकले निर्णय गरेको छ।

आन्दोलनको नाममा देश जलाउनेलाई कानुनी कठघरामा ल्याउन पनि माग गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *