संसदका पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने निर्णय पुनर्विचार गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने अतिआवश्यक सुविधाहरु घटाउने निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

सरकारले मितव्ययीताका लागि चालेको कदमलाई समेत ध्यान दिँदै अतिआवश्यक सुविधामा पुनर्बिचार गर्नुपर्ने उनले बताए ।

अध्यक्ष दाहालले सरकारको कामकारवाहीमा सहजीकरण गर्न राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले छिटो बैठक बोलाउन र आवश्यक पूर्वाधारको व्यवस्था गर्न सरकारलाई निर्देशन समेत दिए । उनले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले मन्त्रीलाई बोलाउदा उपस्थीत हुने वातावरण बनाउन समेत निर्देशन दिए ।

उनले राष्ट्रियसभाको दुई वर्षे कार्यकालसम्बन्धी पुस्तक प्रकाशनका लागि उपसमितिलाई जिम्मेवारी दिइएको र समयमा नै प्रकाशन हुने जानकारी दिए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *