
काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बयानका निम्ति बोलाएको छ ।
आयोगस्रोतका अनुसार काठमाडौं प्रहरीका तत्कालीन फिल्ड कमाण्डर डीएसपी सुन्दर तिवारीले बिहीबार दिएको बयानपछि एसपी बोहोरा बोलाइएका हुन् ।
यसपछि तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी र उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीसँग बयान लिने गरी तालिका बनाइएको स्रोतले जनाएको छ ।
बयानका निम्ति धेरै प्रहरीलाई बोलाएर हतोत्साहित नगर्ने नीति आयोगले लिएको छ । ‘मुख्य मुख्य कमाण्डरहरुसँग सोधपुछ गरेपछि केही विषयहरुमा स्पष्ट हुन सकिन्छ’, स्रोतले भन्यो, ‘बयानका नाममा काममा खटिएका प्रहरीको मनोबल गिराउने पक्षमा आयोग छैन ।’

Leave a Reply