आफूहरूमाथिको कारबाहीबारे माधव नेपाललाई झाँक्रीको जवाफ- अन्तिम कर्मको लागि धन्यवाद, बाँकी जीवन सुखद होस्

काठमाडौं । रामकुमारी झाँक्रीले आफूलगायतका ६ नेताहरूमाथि कारबाही गरेर माधव कुमार नेपालले आफ्नै बेइज्जत गरेको टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? भन्दै प्रश्न गरिन् । पार्टी विघटन भएपछिको कारबाहीको कुनै अर्थ हुन्छ र ? झाँक्रीले नेपाललाई प्रश्न गरेकी छन् ।

उनले अन्तिम कर्मका लागि धन्यवाद भन्दै लेखेकी छन्, ‘जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना छ । तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झने छु।’

यस्तै अर्का नेता दामोदर अर्यालले पनि पार्टी विघटन भएको भोलिपल्ट गैरकानूनी ढंगले पार्टीको लेटर हेड प्रयोग गर्न अलिकति पनि अप्ठ्यारो लागेन ? भन्दै प्रश्न गरेका छन् ।

यस्तो छ झाँक्रीको स्टाटस

यस्तो छ अर्यालको स्टाटस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *