
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा ‘कुलिङ पिरियड’ को अवधारणालाई लागू गर्न प्रस्ताव गरेका छन्।
सानेपामा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै एउटै व्यक्तिले लामो समयदेखि अवसर पाइराख्ने प्रवृत्ति अन्त्य गर्न ‘कुलिङ पिरियड’ को अवधारणामा पार्टी जानुपर्ने बताए।
३ पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका, गठबन्धनबारे निर्णय गर्ने, संसदीय बोर्डमा रहेर टिकट वितरण गर्ने, संयन्त्र र सरकारमा संलग्न नेताहरूले एक पटक कुलिङमा बस्नुपर्ने उनको भनाइ छ।
उनले पार्टीको हरेक तहमा ३३ प्रतिशत बढी युवा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी बैठकले निर्णय गर्नुपर्ने बताए।

Leave a Reply