
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध उजुरी लिएर एमालेनिकट युवा संघ साइबर व्युरो पुगेका छन् ।
बालेनले लेखेको एउटा स्टाटसलाई लिएर उजुरीसहित उपाध्यक्ष महाराज गुरुङसहितका युवा संघका नेता कार्यकर्ता ब्युरो पुगेका हुन् ।
उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै युवा संघले बालेनलाई विद्युतीय अपराध अन्तर्गत कारबाही गर्न माग गरेको छ ।
बालेनले दुई दिनअघि मध्यरातमा अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस लेखेका थिए । उनले केहीबेरमा स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको थियो । थुप्रैले बालेनको स्टाटसको आलोचना गरेका छन् ।


Leave a Reply