
काठमाडौं । चलचित्र निर्देशनमा होमिएका संगीतकार टंक बुढाथोकी निर्देशित पहिलो चलचित्र ‘मन बिनाको धन’ भोलीबाट रिलिज हुँदैछ । तर, डेब्यू चलचित्र रिलिजको संघारमा उनी हताश र निराश बनेका छन् ।
आफ्नो चलचित्रले हलहरुमा न्यून शो पाएपछि बुढाथोकीले सामाजिक सञ्जालमार्फत निराशा पोखेका हुन् । आफूलाई हराउन धेरै मानिसहरु लागेको उनको टिप्पणी छ ।
बुढाथोकीले आज बिहानै फेसबुकमा लेखेका छन्, ‘म हार्दैछु, मलाइ हराउन धेरै लागे , सधै लागे…. ठीकै छ, सिनेमाघर सञ्चालकहरूले ‘मन बिनाको धन’ लाई नपत्याए पनि, हामीलाई हजुरहरुले पत्याउनु भएको छ ।’
बुढाथोकीले आफ्नो चलचित्रलाई शो एकदमै कम दिने र कतिपय ठाउँमा नदिने निर्णय भएको भन्दै दुःख प्रकट गरेका छन् ।
उनी थप्छन्, ‘म हार्दैछु म सङ्गै अशोक ले पनि हार्दैछ्न् । न्याय तपाईंहरूकै हातमा छ ।’

Leave a Reply