
काठमाडौं । नायिका आना शर्माको कार्यकारी निर्माणमा तयार भएको चलचित्र ‘रमिताको पिरती’ को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र माघको २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ ।
आज ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको फस्टलुक सार्वजनिक गरिएको हो । यो चलचित्रमा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा चलचित्रमा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ ।
यहीँ चलचित्रबाट गायक समीर श्रेष्ठले चलचित्रमा डेब्यु गरेका छन् । महिला केन्द्रित यो चलचित्रको फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । चलचित्रमा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् भने उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी यो चलचित्र बनेको छ ।
आना शर्मासंगै सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो चलचित्रमा आर।पी प्रोडक्सन एसोसियट निर्माताको रुपमा छ । चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।

Leave a Reply