वामदेवलाई प्रचण्डको जवाफ- उत्पादनकै जिम्मा तपाईँलाई दिने सोच्दैछु, के गर्नुहुन्छ ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता वामदेव गौतमलाई जवाफ फकाएका छन्।

भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै नेता गौतमले संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई प्रधानमन्त्री हुँदा समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका थिए।

संविधानले प्रस्तावनामै व्यवस्था गरेअनुसार समाजवाद निर्माण गर्ने प्रयास किन नगरेको भन्दै जवाफ मागेका थिए।

त्यसको जवाफमा प्रचण्डले भने, ‘हामीलाई के गर्छौँ मात्रै होइन, तपाई पनि त नेता हो नि। तपाईँले समाजवादबारे लेखेको किताब मैले हेदैछु। हामीलाई मात्रै होइन, तपाई पनि के गर्नुहुन्छरु म सोच्दैछु, उत्पादनकै जिम्मा उहाँलाई नै दिनुपर्छ भन्ने म चाहिँ। तपाईँले समाजवादबारे लेखेको किताब अनुसार हामी वातावरण बनाउन तयार छौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *