माधवको दाबी- अब मूल पार्टी यही बन्नेछ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले अझै पनि केही वामपन्थी घटकलाई सँगसँगै लैजान प्रयास अघि बढाइरहेको बताएका छन् ।

भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै लामो गृहकार्यपछि पार्टी एकतासम्म आफूहरू आइपुगेको बताए ।

उनले नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको नयाँ रूप नभएको भन्दै सबै वामपन्थी घटकलाई समाहित हुन आह्वान गरे । यो पार्टी विगतका कमीकमजोरी सुधारेर परिवर्तनको संवाहक बन्ने दाबी गरे ।

उनले भने, ‘नेकपाकालको ९ शीर्ष नेताहरूमध्ये ५ जना यही छौँ । त्यसैले मूल पार्टी यही भएको छ । हामीले विगतको अनुभवलाई पनि समीक्षा गर्नुपर्छ । प्रत्येक घटकका साथीहरूलाई अपमान नहोस् भनेर हामी उदार भएर अघि बढ्छौँ । ’

उनले जेनजीहरुलाई सुशासन, भष्टाचारका विरुद्ध र जनताको जीवनमा रूपान्तरणको कुरामा हातेमालो गर्न आग्रह गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *