
काठमाडौं । दीपक आचार्य निर्देशित चलचित्र ‘परान’ अहिले देशैभरिका विभिन्न हलहरूमा हाउसफुलका साथ चलिरहेको छ । कलाकारहरु पनि हलहलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छन् ।
नायिका केकी अधिकारी परान रिलिज भएपछि हलमा पहिलोपटक पुगेर दर्शकलाई भेटिन् । काठमाडौंको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्समा ११:१५ को शो सकिने समयमा १:४५ मा जब केकी त्यहाँ पुग्दा माहोल अर्कै बन्यो । फिल्म सकिने बित्तिकै केही दर्शक उनकै अगाडि आएर रुवाबासी गर्न थाले ।
प्रौढ उमेरका एकजना पुरुष दर्शक निकै भावविव्हल बन्दै अगाडि आउँछन् र केकीलाई भन्छन्- ‘म पनि एक करोड रुपैयाँ दिन्छु, मेरो स्वर्गीय बुवालाई फिर्ता गर्न सक्नुहुन्छ ?’
ती दर्शकले फिल्मको अन्तिम दृष्यमा बोलिएको संवादलाई दोहोर्याएर यो प्रश्न गरेका थिए । प्रश्नबाट केकी स्तब्ध बनिन् ।
उनले सम्झाउँदै भनिन्, ‘तपाईंहरूले फिल्मको कथासँग आफूलाई जोडेर हेर्नुभयो र रुनुभयो । तपाईंहरुलाई रुवाउन पुगेकोप्रति म क्षमा चाहन्छु ।’

Leave a Reply