
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्नुपर्ने बताएका छन् ।
भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीसँगै पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्ने बताए ।
कम्युनिस्ट पार्टी एकताको ठूलो काम भएको भन्दै गौतमले भने, ‘अहिले हामीसँग १०/१२ लाख पार्टी सदस्य छन् । अब हामी जनताको बीचमा गयौँ भने ६ महिनामा २० लाख पुग्नेछ । एक वर्षमा ५० लाख पुग्नेछ । र, पार्टी सदस्यको सङ्ख्या एक करोड पुग्नेछ ।’
उनले जनताको बीचमा गए साथ दिन तयार धेरै रहेको बताए ।

Leave a Reply