रविलाई भेट्न सिंहदरबार पुगिन् पत्नी निकिता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न पत्नी निकिता सिंहदरबार पुगेकी छन् ।

जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका रविलाई अहिले सिंहदरबार ल्याइएको छ । केहीबेरअघि निकिता पनि त्यहाँ पुगेकी हुन् ।

उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गर्नेछ । यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए ।

आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *