
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले माओवादी र एमालेसँग मिल्दा मिल्दा पार्टी आधा कम्युनिस्ट जस्तो भइसकेको टिप्पणी गरेका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै एमालेसँग सहकार्यमा हुँदा ओलीले निरङ्कुश शैलीमा देश चलाउँदा पनि बोल्न नसकेको भन्दै आलोचना गरे।
उनले भने, ‘कहाँ छ लोकतन्त्र, हिजो कसरी चलाए ओलीलेरु त्यत्रो मान्छे कसरी मारियो ? हामीले बोल्न सकेनौँ। बैठकमा मात्रै बोलेर हुँदैन। हामीले लोकतन्त्र समाप्त पार्न खोज्दै छौँ। ओलीसँग किन हात मिलाएर हिँड्यौँ ? जनता मूर्ख छैनन्।’
उनले देशमा लोकतन्त्र हराउँदै गइरहेको बताए। उनले महाधिवेशनबारे कुनै छलफल गर्न आवश्यक नै नभएको बताए।
उनले भने, ‘लोकतन्त्रवादी भन्ने अहिले नियमित महाधिवेशन नगर्ने, यसमा छलफल गर्न आवश्यक नै छैन। सुरु गरौँ न।’
उनले समय अनुसार परिवर्तन नभए कसैले चुनाव नजित्ने भन्दै गएको चुनावमा पनि माओवादीसँग मिलेर जितेको स्मरण गरे।

Leave a Reply