हातबाट ब्याट खसेपछि दिपेन्द्रको दुर्भाग्यपूर्ण रनआउट, नेपाल दबाबमा

काठमाडौं । लिग २ अन्तरगत यूएईविरुद्धको खेलमा नेपालले दोस्रो रनआउटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ । उनी दुर्भाग्यपूर्णरुपमा रनआउट भए ।

नेपाललाई खेलमा फर्काउँदै दिपेन्द्रले आरिफ शेखसँग बलियो साझेदारी अघि बढाइरहेका थिए । ३३ औं ओभरको पाचौं बलमा आरिफ शेखले अफ साइडतर्फ प्रहार गरे र दुवै ब्याट्सम्यान एक रनका लागि दौडिए । दीपेन्द्रले आफ्नो गतिमा दोडिँदा सहजै रन पुरा गर्न सक्थे । तर, दुर्भाग्यपूर्णरुपमा क्रिजमा छुने बेलामा उनको हातबाट ब्याट भूईंमा खस्यो ।

रन पूरा नगरिकन ब्याट खसेपछि दीपेन्द्रले शरीरको कुनै अंगले क्रिज छुनुपथ्र्यो । तर, उनी क्रिजमा जम्प गर्दा खुट्टा हावामा भएको बेला फिल्डरले स्टम्प उडाइदिए र अम्पायरले आउट दिए । यस्तो खालको आउट क्रिकेटमा दुर्लभ नै देख्न पाइन्छ ।

नेपालले एकदमै संवेदनशील समयमा महत्वपूर्ण विकेट गुमाएको छ । राम्रो लयमा देखिएका दीपेन्द्रले ४३ बलमा १ छक्का र ३ चौकासहित ३७ रन बनाएर खेलिरहेका थिए । उनी आउट भएपछि नेपाल फेरि दवावमा परेको छ । अहिले क्रिजमा कुशल मल्ल र आरिफ शेख खेल्दैछन् । यो समाचार तयार पार्दासम्म नेपालले ३७ ओभरमा ५ विकेट गुमाएर १६० रन जोडेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *