कांग्रेस बैठकमा प्रस्ताव- गगन थापालाई सभापति र आगामी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा जाऔँ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगन थापालाई सभापति र अबको प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जानुपर्ने मत राखेका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै सकेसम्म नियमित र नभए विशेष महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्ने बताए । अहिले पनि आम जनताको चाहना र पार्टीभित्र प्रभावअनुसार पनि आउने संघीय निर्वाचनमा थापालाई प्रधानमन्त्री प्रस्ताव गरेर जाने निर्णय केन्द्रीय समितिले गर्नुपर्ने बताए ।

उनले भने, ‘म कुरा लुकाउने मानिस होइन । गगन थापा सभापति र प्रधानमन्त्री भए राम्रो हुन्छ भनेर मानिसहरूले भनिरहेका छन् । १४ औँ महाधिवेशनमा पनि धेरै मतसहित महामन्त्री जितेका हुन् । अहिले उनकै पहलमा ५४ प्रतिशतले विशेष महाधिवेशन गर्न हस्ताक्षर पनि गरेको अवस्था छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *