एकता घोषणाअघि झलनाथ र घनश्यामलाई मनाउने प्रचण्डको प्रयास, निवासमै बोलाएर गरे छलफल

काठमाडौं । पार्टी एकता प्रक्रियामा असहमति राखेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव धनश्याम भुसालसँग नेकपा माओवादीका संयोजक प्रचण्डले भेटवार्ता गरेका छन् ।

दुई नेतालाई निवासमै बोलाएर प्रचण्डले छलफल गरेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

उनले भने, ‘उहाँहरू (खनाल र भुसाल) दुवैजनाले प्रचण्डसँग छलफल गर्नुभएको हो । अघिपछि आए पनि सँगै छलफल भएको थाहा छ, तर के सहमति भयो वा भएन भन्ने जानकारी भएन ।’

छलफलमा माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । माओवादीसहित ९ दलसँग अध्यक्ष माधव नेपालले एकता गर्ने निर्णय गरेपछि खनाल र भुसाल असन्तुष्ट बनेर बेग्लै अभियानमा लाग्ने प्रयास गरिरहेको बेलामा प्रचण्डले निवासमै बोलाएर मनाउन खोजेका हुन् ।

प्रचण्डले दुवै नेताहरूलाई आफूले थालेको वाम एकताको पक्षमा उभिन आग्रह गरेको बताइन्छ । आज दिउँसो १ बजे ९ पार्टीहरूबीच एकता घोषणा हुँदै छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *