भयानकै होला भनेर सुरू गरेको यात्रा समाप्त भयो, ‘पज’ को अवस्थामा छौं : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको घोषणा गरेकी छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकताको निर्णयसँगै नेकपा एस विसर्जन भएको बताइन् ।

झाँक्रीले भनिन्, ‘प्रारम्भका दिनहरूमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं । त्यो अभियान एक हिसाबले समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । पार्टी विघटन भएको छ ।’

उनले अहिले आफूहरूको बाटो अवरुद्ध बनेको र ‘पज’ को अवस्थामा रहेको बताइन् । माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्‍याएको दृष्यलाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै उनले त्यसलाई एउटा बिम्बको संज्ञा दिइन् ।

‘त्यो फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो । त्यो एउटा बिम्ब मात्र थियो । विभाजनमा म प्रमुख पात्र थिएँ वा थिइनँ इतिहासले मूल्यांकन गर्ने छ,’ झाँक्रीले थपिन् ।

अब यो यात्रा टुंगिएकोमा आफू खुशी नै भएको उनले बताइन् । यो यात्रा अवरुद्ध छ भन्ने धेरै पहिले थाहा पाए पनि विभिन्न प्रतिबद्धताका कारण निर्णय लिन समय लागेको प्रष्ट पारिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *