जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एकजना पक्राउ

काठमाडौं । जेन जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक जना कैदी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा दमक ९ घर भएका २२ वर्षीय पर्वत भट्टराई रहेका छन् ।

उनलाई नयाँ बसपार्क गेट नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोङ्गबुबाट नियमित गस्ती पेट्रोलिङमा खटिएको टोलीले उनलाई शङ्कास्पद अवस्थामा हिँडिरहेका बेला नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिए पश्चात् आवश्यक सोधपुछ गर्दा उनी लागूऔषध तथा चोरी मुद्दामा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *