
पोखरा । प्रहरीले ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
कात्तिक १७ गते बेलुकी करिब ८ बजेको समयमा पोखरातर्फ आउँदै गरेको हायासमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा ३.८९ ग्राम ब्राउन सुगर बरामद भएको हो ।
ग १ ख ४४९९ नम्बरको हायासलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियोे । उक्त गाडीमा सवार पोखरा महानगरपालिका वडा नं. ३२ बस्ने वर्ष ३७ का विनोद ढकाल र मकवानपुर, हेटौडा-१२, सिक्रेनी बस्ने वर्ष ३८ विकास लामालाई खानतलासी गर्दा उक्त लागुऔषध बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जनाएका छन् ।
अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट उनीहरूलाई १५ दिनको म्याद थप भएको डीएसपी बस्नेतले बताए ।

Leave a Reply