माओवादीको अन्तिम बैठकमा प्रचण्डले भने–जेनजी आन्दोलनले समाजवादी क्रान्तिको झल्को दियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले कम्युनिस्टहरुले गर्ने समाजवादी क्रान्तिको झल्को दिएको बताएका छन् ।

नेकपा एसलगायत ८ वटा घटकसँग एकताअघि बसेको माओवादी केन्द्रको अन्तिम केन्द्रीय समिति बैठकलाई समापन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका रुपमा जेनजी आन्दोलनलाई संश्लेषण गर्दै लैजानुपर्ने बताएका हुन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जेनजी आन्दोलनमा माओवादीले उठाएका विषय नै युवाले स्थापित गरेको बताए । सोही बैठकले भीम रावल,झलनाथ खनाल,घनश्याम भुसाललगायतका नेताहरुलाई पनि छलफल गरेर एउटै पार्टीमा समेट्न पहल गर्ने निर्णय गरेको छ ।

सापकोटाले अब बन्ने नेपाली कम्युनिस्ट पार्टी नै नेपालको कम्युनिस्ट आन्दोलनको मूलधार हुने दावी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *