अनि फिल्मी शैलीमा जसितालाई बोकेर अनमोलले स्टेजसम्म पुर्‍याए…

काठमाडौं । अभिनेता अनमोल केसीको ११ औं चलचित्र ‘जेरी अन टप’ले उत्साहजनक व्यापार गरिरहेको छ । गत शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार चलचित्रले साढे १० करोडको आँकडा पार गरिसकेको छ । बक्स अफिस कलेक्सनको आधारमा ‘जेरी अन टप’ अनमोलको करियरकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ ।

यही चलचित्रको प्रिमियरका लागि अहिले अनमोल लगायत चलचित्रको सिंगो टिम जापानमा छ । अभिनेत्रीद्धय जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ र निर्माताहरु अहिले जापानमा दर्शकसँग साक्षत्कारमा व्यस्त छन् ।

हिजो. सोमबार चलचित्रको टिम जापानको टोकियोस्थितनाकोना जिरो हलमा पुगे । हलमा हजारभन्दा बढी दर्शकहरु थिए । कार्यक्रममा अनमोल र आँचल देखिए पनि जसिता देखिइनन् । अनि अनमोलले जसिताबारे बोले, ‘पेमा (जसिता)को हिँड्ने क्रममा लडेर खुट्टा मर्किएको छ । उहाँ यहाँसम्म आउन सक्ने अवस्थामा छैनन । स्टेज पछाडि आराम गरिरहेकी छन् ।’

अनमोलले यसो भनेपछि दर्शकहरुले हुटिङ गरे । जसितालाई बोकेर स्टेजमा अनुरोध गरे । दर्शकको अगाडि अनमोलको केही जोर चलेन । उनी स्टेज पछाडि गए । जसितालाई फिल्मी शैलीमा बोकेर स्टेजमा ल्याए । रियलमै अनमोलले स्टेजमा जसितालाई बोकेर ल्याएपछि दर्शकहरुले फेरि हुटिङ गरे ।

चलचित्रबाट अनमोल र जसिताको अभिनयको प्रशंसा भइरहेको छ । आँचलले पनि तारिफ बटुलिरहेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *