प्रचण्डबारे जनार्दन- माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो

काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले आयोजक कमिटीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर एकताको नाटक गरेको आरोप लगाएका छन्।

नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा महाधिवेशनलाई टार्ने काम भएको बताए।

उनले भने, ‘पार्टीभित्र विधि र पद्धति स्थापित हुन नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उद्देश्यले एकता भइरहेको छ। त्यसले न देशलाई निकास दिन्छ, न त जनमत नै पाउँछ, आजैदेखि त्यहाँ भद्रगोल सुरु भइसक्यौँ। हजारौँको केन्द्रीय कमिटी बन्दै छन्।’

उनले प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको दाबी गरे।

उनले थपे, ‘हामीले त्यो कुरालाई स्वीकार गर्न सकेनौँ। त्यसैले हामीले पुनर्गठनको प्रगतिशील अभियान अघि बढाएका हौँ। अहिलेको ध्रुवीकरण सिद्धान्त र विचार भन्दा बाहिरबाट भइरहेको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *