
दाङ । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ ले माओवादी अध्यक्ष प्रचण्डको साथ छाडेका छन् ।
युद्धकालीन समयदेखि प्रचण्ड निकट मानिने अपारले प्रचण्डले नेकपा समाजवादीसहितका बाम घटकसँग एकता प्रक्रिया अघि बढाएपछि प्रचण्डलाई छाडेर जनार्दन शर्मा लाई साथ दिएका हुन् ।
जनार्दन माओवादी पुनर्गठन गर्ने भन्दै प्रचण्ड सँग विद्रोह गरिसकेका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अपारले नेपाल प्रेस सँग कुराकानी गर्दै आफू एकताको पक्षमा नभई दश वर्षे जनयुद्धको मर्म अनुसार माओवादी पुनर्गठनको पक्षम उभिएको बताए । अपार दाङको तुलसीपुर निवासी हुन् ।

Leave a Reply