पार्टीहरू विघटित भइसके, अब हामी एकीकृत समाजवादी अभियान चलाउँछौँ : राम कार्की

काठमाडौं । नेकपा माओवादीका नेता राम कार्कीले नेपालको कम्युनिस्ट पार्टीहरू विघटन भइसकेको टिप्पणी गरेका छन्।

नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका जनार्दन शर्मासँगै पत्रकार सम्मेलनमा बोल्दै केही नेता र ती नेताहरूका लागि मात्रै पार्टी रहेको बताए।

उनले भने, ‘जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरू विघटित भएका छन्, केही अस्तित्व छैन।’

जेनजी भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्दै भ्रष्टाचारका मुद्दा लागेका नेताहरू एकता भनेर हिँडेको बताए। आफूहरूले लामो सङ्घर्ष गर्दा पनि पार्टी नेतृत्व प्रतिस्थापन गर्न नसकेको भन्दै माफी मागे।

उनले एकीकृत समाजवादी अभियान सुरु गर्ने भन्दै विभिन्न समूहमा रहेका र व्यक्तिहरूलाई पनि सहभागी हुन अपिल गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *