
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । आज दिउँसो १ बजेका लागि बैठक आह्वान भएपछि अहिले एक घण्टा ढिलो गरी मात्रै सुरु भएको हो ।
गत शुक्रवार र आइतबार सूचना टाँसेर स्थगित गरिएको बैठक आज फेरि बसेको हो । नेपाली कांग्रेसमा अहिले विशेष महाधिवेशनमा जाने कि नियमित महाधिवेशन भन्ने विवाद बढ्दो छ ।
विशेष महाधिवेशन आह्वान हुनुपर्ने माग राख्दै आएका नेताहरूले आज बिहान मात्रै राजधानीमा छुट्टै भेला गरेका थिए ।
आजको बैठकमा संस्थापन पक्ष र इतर पक्षबाट महाधिवेशनमा छुट्टै कार्यतालिका पेश गर्ने तयारी भइरहेको छ ।


Leave a Reply