
काठमाडौं । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई गुट भेला तत्काल बन्द गर्न माग गरेका छन्। महामन्त्री राणाले आज इतर समूहको बैठक डाकेपछि नेता शाही रुष्ट बनेका हुन्।
पार्टीभित्र विवाद चर्किँदा गएपछि पछिल्ला दिनहरूमा अध्यक्ष लिङ्देन र महामन्त्री राणा गुट भेलामा केन्द्रित छन्। यही महिनाको अन्तिममा बस्ने बैठकले आगामी महाधिवेशनको मिति समेत तोक्दै छ।
त्यही विषयमा पार्टीभित्र गुट भेला चलेपछि उनले भनेका छन्, ‘राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवल शमशेर राणा होस्, यसरी गुट–उपगुटका भेला तत्काल बन्द गर्नुहोस्। यस्तो अवस्थामा राष्ट्रवादीहरू एक ढिक्का हुने हो, फुटेर होइन, जुटेर अगाडि बढ्ने हो।’
उनले अध्यक्ष र महामन्त्रीलाई मिलेर जान नसक्ने भए युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार नभएको चेतावनी दिएका छन्।

Leave a Reply