‘आकाशैको छड्के पानी’सार्वजनिक ,सञ्चारकर्मी सबिनाको उत्कृष्ट प्रस्तुति

काठमाडौं ।गायक तथा सङ्गीतकार नीरज नकर्मीको स्वर, सङ्गीत र शब्द रहेको ‘आकाशैको छड्के पानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सबिना राउतको मुख्य अभिनय रहेको म्युजिक भिडियो वान डे ड्रिम क्वेस्ट स्टुडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा राजेन्द्र वाइबाको सङ्गीत संयोजन, महेश्वर मान राजभण्डारीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

स्टुडियो साउन्ड मिलमा रेकर्डिङ गरिएको गीतमा अमन शाहीको गिटार, धर्म गन्धर्वको सारङ्गी र अनीश गन्धर्वको मादलले नेपाली लोक सङ्गीतको मिठास थपेको छ ।

भिडियोको नृत्य कोरियोग्राफी देविका गौतमले गरेकी छन् भने मेकअप सबिना राउत र सरिता महर्जनले गरेका हुन् ।

फिचरिङ आर्टिस्टहरूमा सबिना राउत, निर्मल श्रेष्ठ, देविका गौतम, प्रमोशन महतरा, धना माया थापा, इन्दिरा केसी, सरिता महर्जन, सैलेश राना मगर, जलदीप रसाइली लगायतका कलाकारहरू रहेका छन् ।

गीतले पहिलो भेटको आकर्षण, एकतर्फी प्रेम र महिलाको सौन्दर्यको बयान गरेको छ ।

भिडियोको निर्देशन तथा सम्पादन कमल प्रजापतिले गरेका हुन् भने क्यामरा हेम डङ्गोल र सूरज मान सङ्गतको छ । कलर सूरज मान सङ्गतले हेरचाह गरेका छन् । प्रायोजकहरूमा धना माया थापा, रूपेश केसी, इन्दिरा केसी, रूपेश कर्की, सुशीला कापाली, साशी दर्शन र ग्रिम्स क्याफे रहेका छन् ।

सञ्चारकर्मीसमेत रहेकी सविनाले पछिल्लो समय मोडलिङ र लघु चलचित्रको अभिनयमा आफूलाई निखार्दै अब्बल प्रस्तुति दिँदै आएकी छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *