
हेटौँडा । आइतबार साँझ नेपाल आयल निगम, अम्लेखगंजबाट नेपाल आयल निगम, थानकोट काठमाडौँ लैजान लागिएको पेट्रोल बीच बाटोमा निकाल्ने काम भइरहेको थाहा पाइएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौंका लागि छुटेको ना४ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट मकवानपुरको मनहरी–८ स्थित जय शिव शरणमा फ्यूल सेन्टरमा अवैध रूपमा पेट्रोल झिकेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ट्याङ्कर चालक र पेट्रोल पम्पमा काम गर्ने ३ जनासहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी पुष्कर बोगटीले बताए ।

Leave a Reply