तत्काललाई टर्‍यो फोहोरको अवरोध, १५ दिनमा माग पूरा गर्ने कुलमानको बचन

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासी फोहोर फाल्न दिने सहमत भएका छन् ।

आज बिहान नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा पुगेर सहरी विकासमन्त्री घिसिङले स्थानीय बासिन्दाको माग १५ दिन भित्र पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री घिसिङले मौखिक प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिने सहमत भएको नुवाकोटको ककंनी गाउँपालिकाको अध्यक्ष सुमन तामाङले बताए ।

उनले नेपालप्रेससँग भने,‘ मन्त्री ज्यूले १५ दिन भित्र स्थानीयले उठाएको मागहरु पूरा गर्छु भनेर मौखिक प्रतिबद्धता जनाउनुभएको हो । उहाँले प्रतिबद्धता जनाउनुभएपछि हामी फोहोर फाल्न दिन सहमत भइसकेका छौं । ’ स्थानीयको सहमति लगतै फोहोर बोकेर बीच बाटोमा रोकिएका गाडीहरु बञ्चेरडाँडा हिँडेका छन् ।

पछिल्लाे केहीदिन यता  बञ्चरेडाँडाका स्थानीयले  विभिन्न माग राख्दै  काठमाडाैं उपत्यकाकाे फाेहाेर फाल्न अवराेध गर्दै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *