
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रद्वारा लिखित ‘माथिको आदेश छ’ कविता लोकार्पण गरिएको छ ।
शनिवार एक कार्यक्रमका बीच सो कविता लोकार्पण गरिएको हो ।गत चैत १५ गतेको राजावादी आन्दोलनपछि पक्राउ परेका मिश्रले ५० दिन हिरासत बस्दा लेखेका कविताहरू ‘माथिको आदेश छ’ नामक पुस्तकमा सङ्गृहीत छन् । यसमा ३५ वटा कविताहरू छन् ।

‘५० दिन हिरासतमा बस्दा मलाई ३५ ओटा कविता फुरेछन् । कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो । हिरासत बसाइमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रुपान्तरण गर्न सकेछु,’ कविताबारे उनले भनेका छन्।

मिश्रको यो उनको छैटौँ कृति हो । कविता सङ्ग्रह भने दोस्रो हो ।
उनको पहिलो कविता सङ्ग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो । मिश्रको कविता सङ्ग्रह फाइन प्रिन्टले प्रकाशन गरेको हो ।
लोकार्पण समारोहमा राप्रपाका नेता, लेखक तथा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply