विद्युत् बक्यौता विवाद र नर्सको आन्दोलनमा एमालेको चासो, यस्ता छन् निर्णय

काठमाडौं । नेकपा एमाले डेडिकेटेड फिडर र ट्रङ्कलाईन महसुल विवाद र सम्मानजनक पारिश्रमिकको व्यवस्था लगायत विषयलाई लिएर लामो समयदेखि नर्सहरूले गरिरहेको आन्दोलनका विषयमा चासो राखेको छ ।

गुण्डुमा बसेको केन्द्रीय सचिवालयको ५९ औँ बैठकले यी दुई विषयमा ध्यान दिएको भन्दै पार्टीको धारणा पनि सार्वजनिक गरेको छ ।
एमालेले विवादलाई लिएर दुई दर्जनभन्दा बढी औद्योगिक प्रतिष्ठानहरूमा विद्युत् कटौती गरेका कारण त्यहाँ कार्यरत हजारौँ श्रमिकहरूको रोजगारी गम्भीर रूपले प्रभावित भएको जनाएको छ ।

दैनिक सयौँ मेगावाट विद्युत् खेरा जानुका साथै सरकारको राजस्व समेत खुम्चिएको छ एमालेको धारणा छ ।

‘विद्युत् महसुल विवाद समाधान आयोग, २०८० को सुझाव विपरीत व्यवसायीहरू र श्रमिकहरूको हित विरुद्ध चालिएको र भदौ २४ गतेको घटनाबाट मारमा परेको अर्थतन्त्रलाई थप सङ्कटमा धकेल्ने गरी चालिएको यस कदमप्रति नेकपा ( एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ ’ एमालेले भनेको छ, ‘यस समस्याको समाधान वार्ताबाट गर्दै तत्काल श्रमिक र व्यवसायीहरूको हित सुनिश्चित गर्न यो बैठक माग गर्दछ । ’
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा कार्यरत नर्सहरूको आन्दोलनले पारिरहेको असरप्रति सम्बद्ध पक्ष गम्भीर हुन जरुरी रहेको एमालेको सचिवालय बैठकले जनाएको छ ।

‘सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी योग्यताका आधारमा पारिश्रमिक सुनिश्चित गर्न र यस समस्याको समाधान वार्ताबाट गर्न यो बैठक सम्बद्ध सबैको ध्यानाकर्षण गर्दै छ ’ बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

यस्ता छन् निर्णय

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *