
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित संवादमा रहेका दलहरूसँगको एकता प्रक्रिया चाँडै टुङ्ग्याउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले एकता प्रक्रियालाई अब ढिला गर्न नहुने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए।
उनका अनुसार एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग एकता गर्ने बताए।
नेकपाबाट विद्रोह भएको चिरण सीसँग पनि एकता गर्ने पनि बताए। उनले नेकपा समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सग्लो ल्याउने प्रयास गरेको बताए।
उनले अब एकता गर्न ढिला गर्न नहुने बैठकले निष्कर्ष निकालेको बताए। थप निर्णय गर्नको लागि १७ गते केन्द्रीय कमिटी बैठक बस्ने बताए।

Leave a Reply