नेकपा एसलाई माओवादीमा मिसाउनुअघिको आश्रयस्थल मात्रै बनाइएको पुष्टि भयो : हिक्मत कार्की

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विगतमा २ पटक गरिएको पार्टी विभाजन सिद्धान्तगत मतभेद नभई पद, प्रतिष्ठा र अवसरका लागि मात्र गरिएको पुष्टि भएको बताएका छन् ।

कार्कीले फेसबुकमा स्टाटस लेख्दै नेकपा एसको पछिल्लो निर्णयले ७८ को पार्टी विभाजन एमाले कमजोर पार्ने र आफू मूल नेतृत्वमा नभएको पीडा र आक्रोश व्यक्त गर्न खोजेको मात्रै देखिएको उल्लेख गरेका छन् ।

‘त्यसभन्दा बढी त नेकपा (समाजवादी) लाई माओवादीमा सम्मिलित गराउनु अघिको आश्रय स्थल (स्टपेज) मात्रै हो भन्ने पुष्टि भएको छ’, कार्कीको तर्क छ ।

उनले पार्टी फुटाएर गएका सबै नेता-कार्यकलाई फर्किन आव्हान गर्दै आफूले दुस्ख गरेर बनाएको र एमालेलाई थप सशक्त बनाउन आग्रह गरेका छन् ।

‘अहिले एमाले देशको विषम परिस्थितिको सटिक विश्लेषण गर्दै आफ्ना नीति, विधि र नेतृत्वको सुष्म र वैज्ञानिक ढंगले निरोपण गर्न ऎतिहासिक महाधिवेशनको तयारीमा छ। यही अवसरलाई सदुपयोग गर्दै राष्ट्रिय महाधिवेशनलाई उत्सवमा परिणत गर्दै नेकपा (एमाले) लाई नेपालकै निर्णायक राष्ट्रिय शक्तीमा रुपान्तरण गरौं’, कार्कीको अपील छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *