
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईँको पछि मान्छेहरू रहेको भन्दै अब आन्दोलनको साटो राजनीतिक दल खोलेर चुनावमा जान सुझाव दिएकी छन् ।
सम्पादकहरूसँगको छलफलका क्रममा दुर्गा प्रसाईँबारे प्रसंग निस्केपछि प्रधानमन्त्रीले उनले अराजक कुरा गर्न छाडेर चुनाव जितेर राजा ल्याउने भए पनि ल्याउन सुझाव दिइन् ।
प्रधानमन्त्रीले भनिन्- ‘उनको मान्छेहरू शक्ति पनि राम्रै छ,सामाजिक काम पनि गरेको भन्छन्, कतिजनालाई सित्तैमा पढाएको भन्छन् त्यसो भए जनताले भोट दिइहाल्छन् नि । राजनीतिक पार्टीहरू डिग्रेड भइरहेको बेला उनले पार्टी खोलेर उनीहरुविरुद्धको जनमत लिने मौका छ । झापाका नेताहरू कमजोर भएको बेला छ,दुर्गा प्रसाईँ चुनाव लडेर जित्न सक्छन् । चुनाव जितेर राम्रो सिट ल्याएपछि राजा ल्याउने हो कि अरू कोही ल्याउने हो ल्याए भैगयो नि ।’
प्रधानमन्त्री कार्कीले चुनाव बिथोल्ने र हिंसा भड्काउने कुनै काम गरेर कानून स्वतः क्रियाशील हुने चेतावनी समेत दिइन् ।

Leave a Reply