
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्न दबाब दिएको स्वीकार गरेकी छन् । तर गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन भने आफूलाई नभनेको बताइन् ।
सम्पादकहरूसँग शुक्रवार ३ घण्टा लामो छलफलका क्रममा बालेनको प्रसंग निस्किएपछि प्रधानमन्त्रीले यसबीचमा तीन चारपटक आएर भेटेको स्मरण गर्दै आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ किन नगरेको भन्ने कुरा नै राखेको बताइन् ।
प्रधानमन्त्रीले भनिन्- बालेनलाई त म छोरा नै भन्छु,म तिम्रो आमा हो भन्छु तर उसले तपाई मेरो दिदी हो भन्छ । उसको कुरा हामीले सुन्नुपर्छ तर उसले हाम्रो कुरा सुन्दैन । उसको बानी नै फरक छ,त्यही २३ गते दमनकारीलाई किन नसमातेको भन्ने कुरा आउँछ । जहाँसम्म लाग्छ उसले दल त खोल्ने खालको मान्छे होइन ।
प्रधानमन्त्री कार्कीले बालेनसँग प्रधानमन्त्री बन्नुअघि पनि धेरै भेट भएको र कानूनका कुराहरू सम्झाउने गरेको बताइन् ।

Leave a Reply