महामन्त्री थापा हिजोको बैठकमा किन नआउनुभएको हामीलाई थाहा छैन: प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापा हिजोको बैठकमा किन सहभागी नभएको आफूहरूलाई थाहा नभएको बताएका छन्। सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले कुनै गुटको बैठक नगरेको पनि बताए।

उनले भने, ‘हामीले कुनै गुटको बैठक गरेका छैनौँ। हिजो महामन्त्री किन आउनुभएन त्यो तपाईँहरू नै उहाँलाई सोध्नुहोला, हामी सबैसँग सल्लाह गरेर पार्टी र देशको हित हुने गरी अघि बढ्न खोज्दै छौँ। लोकतन्त्रमाथि नै सङ्कटको अवस्था छ।’

उनले सरकारले निर्वाचनको हुने निश्चित आधार दिन नसकेको बताए। उनले थपे, ‘कांग्रेसले ठोस दृष्टिकोणका साथ अघि बढ्नुपर्छ, यो महाधिवेशनको विषयलाई पनि धेरै विवादको नबनाई स्वस्थ रूपमा सम्पूर्ण क्रियाशील सदस्यहरूको सहभागितामा टुङ्ग्याउनुपर्छ भन्ने छ। कार्यवाहक सभापतिले नै पहल गरिराख्नुभएको छ।’

अहिले सभापति शेरबहादुर देउवा आफ्नो भूमिकामा सक्रिय नभएकाले पार्टी महामन्त्री नै संस्थापन हुने भन्दै जिम्मेवार ढङ्गले अघि बढ्नुपर्ने उनको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *