राप्ती प्रतिष्ठानमा २ सय ७७ बढी बिरामीको पत्थरीको सफल अप्रेसन

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभाबकारी बन्दै गएको छ । प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा. सुशील खनियाँको नेतृत्वमा चिकित्सकहरु डा.विवेक थापा, डा.पङ्कज नेपालीसहित नर्स र स्वास्थ्यकर्मीको टोली सानादेखि ठूला अप्रेसन धमाधम गरीरहेको छ ।

प्रतिष्ठानका डा. खनियाका अनुसार युरोलोजी ओपिडिबाट दैनिक ७० भन्दा बढी बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिने गरेका छन् । गएको जेठदेखि असोज मसान्तसम्म २ सय ७७ जना बिरामीले युरोलोजी सेवा लिएका हुन् ।

यसअघि युरोलोजी सेवा दाङमा नहुँदा बिरामीहरु सामान्यदेखि विशिष्टकृतसेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर अहिले प्रतिष्ठानमा अत्याधुनिक उपरकणसहितको सेवा बिस्तार भएपछि त्यो समस्याको समाधान भएको छ ।

युरोलोजिष्ट सर्जन डा.खनियाका अनुसार १ सय ५७ जना मिर्गौला भएको पत्थरीका बिरामीको गम्भीर प्रकृतिको अप्रेसन गरिएको छ भने मध्यम खालको २२ जना र ९९ जना विरामीको सामान्य अप्रेसन गरिएको छ ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने डा. खनियाले बताए ।

अस्पतालमा युरोलोजी सेवा लिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थीले युरोलोजी सेवा अहिले धेरै नै प्रभावकारी भएको बताउँदै स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा बिरामीले खुसी ब्यक्त गर्ने गरेको बताए ।

खनिया राप्ती प्रादेशीक अस्पतालमा धेरै समयदेखी युरोलोजी सेवा दिएका थिए । उनी लामो समयदेखि युरोलोजी सेवा दिएका अनुभवी चिकित्सक हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *