धनकुटामा कोशी राजमार्ग भासियो

विराटनगर । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा कोशी राजमार्ग भासिएको छ ।

राजमार्गको चारखोले गोलाई क्षेत्रमा कोशी राजमार्ग भासिएको हो । सडक भासिएपछि यातायातमा आंशिक अवरोध आएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार, शुक्रबार बिहान ११ः०० बजेको समयमा लोकमार्गको करिब १० मिटर खण्ड भासिएको हो ।

सडकको एक भाग पूर्ण रूपमा अवरुद्ध भए पनि, साना सवारी साधनहरू भने जोखिम मोलेर एकतर्फी रूपमा आवतजावत गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *