रोकिएन नर्सहरूको आन्दोलन : सिभिल अस्पतालमा सेवा बन्द गरेर धर्ना (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काम अनुसारको दाम नपाएपछि नर्सहरूले केही समययता आन्दोलन जारी राखेका छन् ।

नर्सहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधालगायतका १५ बुँदे मागसहित नेपाल नर्सिङ संघको आव्हानमा १८ गतेसम्म बिहान १० देखि दिउँसो १२ बजेसम्म अत्यावश्यकबाहेकका नर्सिङ सेवा बन्द गरिएको छ ।

यसैक्रममा आज सिभिल अस्पतालका नर्सहरू सेवा बन्द गरेर २ घण्टा धर्नामा बसेका छन् । ०८२ असोज २४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पत्राचार भएअनुसार निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत सबै नर्सहरूको न्युनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी प्रदान गरिनुपर्ने संघको मुख्य माग छ ।

नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गरिनुपर्ने, जोखिम भत्ता, अतिरिक्त भत्ता प्रदान गरिनुपर्ने, दरबन्दी सिर्जना, स्तरवृद्धि, अनिवार्य नियुक्तिपत्र, योग्यताका आधारमा जिम्मेवारी, ग्रेडको व्यवस्था, क्षमता अभिवृद्धि, नीति निर्माणमा सहभागिता, क्षतिपूर्तिलगायतका माग राख्दै नर्सहरू आन्दोलित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *