भड्किएका गगनलाई फर्काउन शेखरको पहल, महाधिवेशनको कार्यतालिकाबारे पदाधिकारीबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्य समिति बैठकमा महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति तयार नभएपछि भड्किएका महामन्त्री गगन थापालाई बैठकमा फर्काउन पहल थालेका छन् ।

कार्यवाहक सभापति पूर्णवहादुर खड्काले बिहीवारको बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अश्वीकार गरेपछि थापा बैठकमा सहभागी नभई हिँडेका थिए । उनले विहीवारको बैठक अघोषित बहिस्कार गरे ।

पार्टीभित्र गतिरोध उत्पन्न भएपछि डा.कोइरालाले आफ्नो टीमबाट जितेका पदाधिकारीसँग आज विहान छलफल गरेका छन् । कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा भएको छफलमा महामन्त्री थापा, विश्वप्रकाश शर्मासहित समहामन्त्री जीवन परियार र बद्री पाण्डे सहभागी थिए । छलफलमा उपसभापति धनराज गुरुङसमेत बसेर नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेबारे कुरा भएको बताइएको छ ।

विशेष महाधिवेशनका लागि २४ सय भन्दा बढी प्रतिनिधिले गरेको हस्ताक्षरको उपेक्षा गरिएको भन्दै गगन पक्षधरले विरोध गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *