
काठमाडौं । डा. सिके सीके राउत नेतृत्वका जनमत पार्टी छाडेका अब्दुल खान रेशम चौधरीले दर्ता गराएको नयाँ पार्टीमा सहभागी भएका छन्। खान पनि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन सँगै पुगेका छन्।
चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल नाम निर्वाचन आयोगमा प्रस्ताव गरेका छन्। चौधरीसँगै आयोग पुगेका खानले असोज २ गते जनमत छाडेका थिए। खान जनमतमा वरिष्ठ उपाध्यक्ष थिए।
उनीसहित जनमतका प्रवक्ता शरद सिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सिके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी, राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले सँगै पार्टी त्यागेका थिए।

Leave a Reply