
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ। १ बजेका लागि बोलाइएको बैठक करिब डेढ घण्टा ढिलो गरी सुरु भएको हो।
बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए। महामन्त्रीद्वयले आफूहरूले अघि सारेको कार्यतालिका अनुसार मंसिरमा महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन्।
तर, संस्थापन पक्षको हिजो भएको भेलाले चुनावपछि वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। जसले कांग्रेसभित्र मतभेद चर्किएको छ।
गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, आगामी चुनावको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ। बैठकमा पेस भएको एजेण्डामाथि आजको बैठकमा नेताहरुले धारणा राख्नेछन्।

Leave a Reply