
काठमाडौं । तत्कालिन प्रतिनिधि सभा विघटन गरेर अन्तरिम सरकार गठन भएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथी संवैधानिक इजलासमा भइरहेको बहस सकिएको छ । बहस सकिए लगत्तै प्रधानन्यायाधीश प्रकाशनमानसिंह राउतसहितका न्यायाधीध आदेश आदेश तयार गर्न जुटेको सर्वोच्च अदालत प्रशासनले जनाएको हो ।
मुद्दामाथीको बहस सकिएको र प्रधानन्यायाधीश सहितका न्यायाधीश आदेशको तयारीमा जुटेको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सहरजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले नेपाल प्रेससँग बताए ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन परेपछि सर्वोच्च अदालतमा १६ वटा मुद्दा दायर भएका छन् । जसको बुधबार प्रारम्भिक सुनुवाई भएको हो ।

Leave a Reply